दफा ११३
छोरा, छोरीको जन्म दर्ता गर्नु पर्ने

(१) कुनै दम्पतिको कुनै छोरा, छोरी जन्मिएमा कानून बमोजिम तोकिएको अधिकारी समक्ष त्यस्तो छोरा,छोरी जन्मिएको तीन महिनाभित्र जन्म दर्ताको लागि आमा वा बाबुले निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कसैले छोरा वा छोरीको जन्म दर्ताको लागि निवेदन दिन चाहेमा प्रचलित कानूनमा तोकिदिए बमोजिमकोरकम जरिबाना वापत तिर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन पर्न आएमा सम्बन्धित अधिकारीले आफ्नो कार्यालयमा खडा गरिएको जन्म दर्ता किताबमात्यसको विवरण उल्लेख गरी निवेदकलाई कानून बमोजिम तोकिएकोढाँचामा जन्म दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको दर्ता किताबमा विवरण उल्लेख गर्दा सम्बन्धित व्यक्तिको नाम, थर, जन्मिएको मिति (साल, महिना,गते र बार समेत) र ठाउँ, निजको आमा, बाबु तथा बाजे बजैको नाम, थर, ठेगाना समेत उल्लेख गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम सम्बन्धित अधिकारीले प्रत्येक महिनाको मसान्तसम्म आप्mनो कार्यालयमा खडा गरेको दर्ता किताबमाउल्लेख भएको विवरण त्यसपछिको पहिलो महिनाको पन्ध्र गतेभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ र त्यस्तोकार्यालयले पनि प्रत्येक महिनाको अन्त्यसम्म त्यस्तो विवरण सो प्रयोजनको लागि आप्mनो कार्यालयमा खडा गरेको जन्मदर्ता किताबमा उल्लेख गरी प्रत्येक तीन महिनामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेकोमन्त्रालयमा पठाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम प्राप्त भएको विवरणलाई सम्बन्धित मन्त्रालयले त्यस्तो प्रयोजनको लागि खडा गरेको जन्मदर्ताकिताबमा उल्लेख गरी प्रत्येक वर्ष अद्याबीधक विवरण कायम गर्नु पर्नेछ ।